नाफामा नम्बर वान नबिललाई पछ्याउँदै आरबिबि र ग्लोबल आइएमई, कस्तो छ अन्यको अवस्था ?

१ चैत्र २०८०, बिहीबार ११:५३

काठमाडौँ । वाणिज्य बैंकहरुले करिब साढे ३५ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् । राष्ट्र बैंकको तथ्याङ्क अनुसार माघ मसान्तसम्म २० वटा वाणिज्य बैंकले ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् ।

चालु आर्थिक वर्षको ७ महिनामा सबै भन्दा बढी नाफा कमाउने बैंकमा नबिल अग्र स्थानमा रहेको छ । माघसम्ममा नबिल बैंकले ३ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

नाफामा प्रथम स्थानमा रहेको नबिललाई राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंकले पछ्याइरहेका छन् । माघ समान्तसम्ममा राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ६८ करोड ३० लाख रुपैयाँ र ग्लोबल आइएमई बैंकले २ अर्ब ६८ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

त्यस्तै, समिक्षा अवधिसम्ममा प्राइम बैंकले २ अर्ब ५४ करोड ६९ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ३८ करोड रुपैयाँ, एनआइसी एशिया बैंकले २ अर्ब १४ करोड ३० लाख रुपैयाँ, एभरेष्ट बैंकले १ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्डले १ अर्ब ९४ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

हिमालयन बैंकले १ अर्ब ८३ करोड ७४ लाख, एनएमबि बैंकले १ अर्ब ६५ करोड ९७ लाख, कृषि विकास बैंकले १ अर्ब ५७ करोड ३३ लाख, सिद्धार्थ बैंकले १ अर्ब ४१ करोड ८३ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ४० करोड १२ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ४० करोड ८७ लाख, कुमारी बैंकले १ अर्ब १२ करोड १९ लाख रुपैयाँ, सिटिजन्स बैंकले ९९ करोड ७८ लाख, माछापुच्छ्रे बैंकले ९८ करोड ४ लाख, नेपाल बैंक ९५ करोड ९१ लाख, प्रभु बैंकले ९२ करोड ७६ लाख र नेपाल एसबिआई बैंकले ८५ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*