सहकारी पीडितको आन्दोलनमा प्रहरीको हस्तक्षेप, प्रधानमन्त्री र गृहमन्त्रीको विरुद्ध नारा

१ चैत्र २०८०, बिहीबार १७:२८

काठमाडौँमा भेला भएका सहकारी पीडितले आज विरोध प्रदर्शन रोक्न प्रहरीले हस्तक्षेप गरेको छ।

देशका विभिन्न स्थानबाट राजधानीमा भेला भएका पीडितहरूले उपत्यकाका विभिन्न पाँच स्थानबाट प्रदर्शन सुरु गर्दै भृकुटीमण्डपमा जम्मा भएर कोणसभा गर्न लागेको टोलीमाथि प्रहरीले हस्तक्षेप गरेका हुन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुशलभ केसीलाई प्रहरीले समात्न खोजेको हो ।
आन्दोलनमा सहभागी भएका सहकारी पिडितहरुले अध्यक्ष केसीलाई प्रकाउ गरेसँगै एक सरकार कहाँ छौ ? भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको विरुद्धमा नारा लगाईरहेका छन् ।

One thought on “सहकारी पीडितको आन्दोलनमा प्रहरीको हस्तक्षेप, प्रधानमन्त्री र गृहमन्त्रीको विरुद्ध नारा

  1. Tek Bahadur rana says:

    Pidit Lai nyay

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*