राष्ट्रिय सभागृह अगाडि सहकारी पिडितको धर्ना

१ चैत्र २०८०, बिहीबार १८:१८

काठमाडौं । नयाँ बानेश्वरस्थित सहकारी विभागतर्फ अघि बढेका सहकारी पीडितलाई प्रहरीले प्रदर्शनीमार्गस्थित राष्ट्रियस सभागृह अगाडि रोकेको छ ।

प्रहरीले रोकेपछि उनीहरूले त्यहीँ धर्ना दिएर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । बचत रकम फिर्ता र ठगी गरेका सहकारीका सञ्चालकहरूलाई कारबाहीको माग गर्दै देशभरका सहकारी पीडित काठमाडौँमा भेला भएर प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले भृकुटीमण्डपमा भेला भएर धर्ना दिन सहकारी विभागतर्फ जान लागेका बेला प्रहरीले रोकेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*