आफ्नै बचत फिर्ताको माग गर्दै हजारौँ सहकारी पीडितहरू सडकमा

दिपक विष्ट
१ चैत्र २०८०, बिहीबार २०:४१

काठमाडौँ । देशका विभिन्न स्थानबाट भेला भएका सहकारी पीडितहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् । बिहीबार काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन गर्दै भृकुटीमण्डप पुगेर कोण सभा गरेका हुन् ।

पीडितहरूले ठगी गरेका सहकारीका सञ्चालकहरूलाई कारबाही र बचत गरेको रकम फिर्ता पाउनुपर्ने माग राखेका प्लेकार्ड बोकेका छन् । आफूले जीवनभरी कमाएको पैसा सहकारीले लुटेको बचतकर्ताहरूका गुनासा छन् । भृकुटीमण्डपबाट पीडितहरू सहकारी विभागतर्फ धर्ना दिन अघि बढ्दा प्रहरीले हस्तक्षेप गरेको छ । माथिको निर्देशन रहेको भन्दै प्रहरीले पीडितहरूलाई भृकृटीमण्डब मै रोकेको हो ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घका अध्यक्ष कुशलभ केसीलाई पक्राउ गर्ने निर्देशन दिएपछि पीडितको आन्दोलन थप सशक्त भएको हो । सोही क्रममा प्रहरी र पीडित बिच धकालाधकलका साथै आन्दोलन नियन्त्रण गर्नेका लागि प्रहरीले लट्टी समेत चलाएको हो ।

आन्दोलनलाई अघि बढाउन नदिएपछि पीडितहरूले आज भृकुटीमण्डपमा धर्ना गरेका छन् । अध्यक्ष केसीले पीडितको माग पुरा गर्ने सरकार मूकदर्शक भएको भन्दै आफ्नो माग पुरा नभएसम्म निरन्तर आन्दोलन गर्ने बताए । आजसम्म शान्तिपूर्ण आन्दोलन गर्दा सरकारको कानमा पुग्न नसकेको भन्दै अध्यक्ष केसीले अबको आन्दोलन उग्र हुने बताए ।

‘निरन्तर हाम्रो पैसा माग्न सरकारलाई घचघच्याए रहेका छौं । तर सरकारले हामीलाई न्याय दिन खोजेन । शान्तिपूर्ण आन्दोलन गर्दा सरकारको कान खुलेन केसीले भने हाम्रो माग पुरा गर्ने नभए अबको आन्दोलन उग्र हुन्छ । न्याय पाउनका लागि हामी ज्यान दिन तयार छौं’
अध्यक्ष केसि- ‘अब जस्तो सुकै मूल्य चुकाउन समेत सरकारी पीडित तयार रहेको सरकार चेतावनी दिए । मन टुटेको छ । अझै हामी बेहोस भएर पनि न्यायका लागि लडी रहेका छौं  ।’

आफ्नो पैसा माग्न समेत सरकारले दुःख दिएको पीडित सिता पोखरेलले बत्ताइन् । उनले भनिन् – ‘मैलै खाइ नखाई बचत गरेको पैसा फिर्ता दिऊ भन्दा आन्दोलन गर्नु पर्ने कस्तो देश हो यो । सरकार के हेरेर बसेको छ । खै गृहमन्त्री ज्यू ?’

त्यस्तै, आफूले भत्ता र जागिरबाट कमाएको ४० लाख भन्दा बढी पैसा सरकारीले लुटेको पीडित सुबिना केसीले बताइन् । ‘म एकल महिला हुँ । अहिले ७१ वर्ष भइसक्यो । पहिला जारी बाट कमाएर जम्मा गरे पैसा र पछि वृद्धि भत्ता पाएको पैसा लुटियो । अब म बुढो मान्छे कति बेला बिरामी हुन्छु थाहा छैन । त्यो बेला उपचार खर्च कताबाट ल्याउनु खै ? (आखाभरी आशु ल्याउँदै) आस त छ तर खै कहिले आउँछ’- केसीले बताइन् ।

पीडित सुवास श्रेष्ठ भने सहकारीमा पैसा लिन जाँदा ऋणबाट पैसा नपाएको बत्ताउँछन् । ‘सरकारीमा आफूले जम्मा गरेको पैसा दिनुहोस् न भन्दा पैसा छैन भन्छन् । ऋणहरूबाट पैसा नउठेको बताउँछन्’- श्रेष्ठले भने, ‘बचत माग्न जाँदा पछि आउनुहोस् भनेर पठाइ दिन्छ । अब गास बास कपास सकिन लागि सक्यो । औषधी उपचारका लागि पैसा छैन । सरकारले भने बेवास्ता गर्दै आएको छ ।’

पीडितहरूले प्रधानमन्त्री र गृहमन्त्री विरुद्ध नाराबाजी गरेका छन् । उनीहरूले हाम्रो सरकार काहा छ रु गृहमन्त्री काहा छ रु हाम्रो बचत फिर्ता गर । भ्रष्टाचारी सरकार मुर्दावाद भन्दै नारा लगाएका थिए । अहिले पीडित भृकुटीमण्डपमा धर्ना दिइरहेका छन् ।

One thought on “आफ्नै बचत फिर्ताको माग गर्दै हजारौँ सहकारी पीडितहरू सडकमा

  1. Tanka Dhungana says:

    अब सहकारीबाट ऋण लिएर तिर्दिन भन्नेहरुलाई पनि हामी बचतकर्ताहरुमाथि उनीहरुको कारणले फिर्ता नभएको हुँदा सरकारको मात्र भर नपरेर उनीहरुमाथि हामी समेतबाट पनि सम्झाउने, बुझाउने र त्यतिले पनि नभए जे हुन्छ त्यो गर्नैपर्छ किनकि पेट मारेर जोगाएको पैसा फिर्ता पाउन नसक्ता त मरेतुल्य भइन्छ, पीडामा बाँच्नु पनि मरेतुल्यै हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*