गोर्खाज फाइनान्सको साधारण सभा आज, के–के छन् एजेण्डा ?

२ चैत्र २०८०, शुक्रबार ०६:००

काठमाडौँ । गोर्खाज फाइनान्स लिमिटेडको २८ र २९ औं वार्षिक साधारण सभा आज अर्थात् चैत्र २ गते बस्ने भएको छ । कम्पनीको फागुन २ गते बसेको संचालक समितिको बैठकले अनुपम फुडल्याण्ड एण्ड बैंकेटल, बत्तीसपुतलि, काठमाडौंमा दिउँसो १ बजेदेखि सभा डाकेको हो ।

सभाले आव २०७८।७९ र २०७९।८० को संचालक समितिको प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गरी चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्नेछ ।

त्यस्तै, संस्थाको प्रबन्धपत्रको दफा ४(थ) र दफा ५(घ) संसोधन गर्ने र संस्थाको प्रबन्धपत्र, नियमावली सम्बन्धमा नियमनकारी निकायबाट आवश्यक थपघट गर्न निर्देशन भएमा सो बमोजिम गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले फागुन १८ गतेदेखि चैत्र २ गतेसम्म बुक क्लोज गरेको हो। जसअनुसार फागुन १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी मात्रै सभामा भाग लिन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*