लक्ष्मी लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

१ चैत्र २०८०, बिहीबार २०:०१

काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले सदस्यको आवश्यकतालाई मध्यनजर गर्दै अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको होे ।

पछिल्लो समय संस्थाले सदस्य तथा अभिभावकसँग अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रममा गर्दै आइरहेको छ । संस्थाको शमि शाखा कार्यालय अन्तर्गतका उद्यमी सदस्यहरुलाई लक्षीत गरी आयोजना गरिएको कार्यक्रममा सहभागिहरुको तर्फबाट वित्त बजार, पुँजी बजार, बैंक तथा वित्तीय संस्था, विमा र वित्तीय साक्षरता सम्वन्धमा जिज्ञाँसा राखेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*