लाभांश प्रस्ताव पारित गर्न डिप्रोक्स लघुवित्तले डाक्यो एजीएम, बुक क्लोज कहिले?

२ चैत्र २०८०, शुक्रबार ०७:३३

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २२ औं वार्षिक साधारण सभा डाकेको छ । सभा चैत्र २५ गते आइतबार पार्क सफारी रिसोर्ट सौराहा, चितवनमा बिहान १० बजेदेखि सुरु हुनेछ । कम्पनीको चैत्र १ गते बसेको संचालक समतिको बैठकले यो निर्णय गरेको हो ।

सभाले कम्पनीको चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने रकम १५ करोड ५१ लाख ८ हजार ८१६ रुपैयाँ बराबरको बोनस शेयर र ०.५२६३२ प्रतिशतले हुन आउने रकम ८१ लाख ६३ हजार ६२१ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गर्नेछ । बानेस शेयर जारी पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ७० करोड ६१ लाख ९६ हजार ९८२ रुपैयाँ पुग्नेछ ।

त्यस्तै, गत आवको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गरिनेछ ।

त्यसैगरी, अन्य उपयुक्त लघुवित्त कम्पनीलाई गाभ्ने–प्राप्ति गर्न उपयुक्त देखिएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न कम्पनीले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत्र १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार सोको अघिल्लो दिनसम्म कायम शेयरधनी सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*