लघुवित्त पीडितसँगको वार्ता सहमतिको अन्तिम चरणमा, आज फेरि बस्दै

२ चैत्र २०८०, शुक्रबार १०:४५

काठमाडौँ । अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता समितिले लघुवित्त पीडितहरुसँग पुनः वार्ता गर्न लागेकोछ । आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिसँग आज पुनः वार्ता हुन लागेको हो ।

विहिबार भएको वार्तामा आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिले उठाएका मागहरुका सम्बन्धमा छलफल भएको थियो । पीडितका माग सम्बोधनका लागि नेपाल राष्ट्र बैंकलगायत निकायबाट हालसम्म भएका पहल र सम्बोधन गर्न सकिने जायज मागबारे छलफल भएको छ ।

मन्त्रालयद्वारा गठित वार्ता समितिले विहिबार नै सहमतिका लागि प्रयास गरेपनि लघुवित्त पीडितहरुले आज शुक्रबारसम्मको समय मागेपछि विहिबारको छलफल सकिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*