माथिल्लो मैलुङखोलाको लकइन अवधि कहिले सकिन्छ ?

२ चैत्र २०८०, शुक्रबार ११:३५

काठमाडौँ । माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडको लकइन अवधि वैशाख २ गतेदेखि सकिने भएको छ । सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये सामूहिक लगानीकोषको स्वामित्वमा रहेको ७५ हजार कित्ता शेयरको अवधि सकिन लागेको हो ।

नेपाल धितोपत्र बोर्डले सामूहिक लगानीकोषको स्वामित्वमा रहेको आईपीओ सर्वसाधारणमा बाँडफाँट भएको मितिदेखि ६ महिनासम्म लकइनमा राख्नुपर्ने व्यवस्था गरेको छ । उक्त शेयरको लइकन खुल्नुभन्दा एक महिनाअघि सार्वजनिक सूचनामार्फत जानकारी गराउनुपर्ने व्यवस्था समेत रहेको छ ।

वैशाख २ गतेपछि सामूहिक लगानीकोषको स्वामित्वमा रहेका यी शेयर कारोबार गर्न योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*