सानिमा रिलायन्स लाइफकी नमिता न्यौपानेले पूरा गरिन् सन् २०२५ को एमडिआरटी लक्ष्य पूरा

२ चैत्र २०८०, शुक्रबार १४:३१

काठमाडौं । सानिमा रिलायन्स लाइफबाट जीवन बीमा व्यवसाय गर्दै आएकी नमिता न्यौपानेले आगामी २०२५ को लागि एमडिआरटी लक्ष्य पछ्याउन सफल भएकी छिन् ।

नमिताले छौठैं पटक एमडिआरटीको लक्ष्य पुरा गरेकी हुन् । यसअघि सन् २०२१, २०२२ , २०२३ र २०२४ का लागि सिओटी र टिओटी समेत लक्ष्य पुरा गरिसकेकी छिन् ।

बीमा व्यवसायमै आबद्ध भएर गत वर्ष एमडिआरटीको बार्षिक बैठकमा भाग लिन सफल भएकी नमिताले सन् २०२५ को एमडिआरटी लक्ष्य पूरा गर्न सफल भएकी हुन् ।

विराटनगरमा रहेर काम गर्दै आएकी नमिता बीमा व्यवसायमा लागेर छोटो समयमा नै उल्लेख्य प्रगति गर्न सफल नमुना एजेन्सी म्यानेजर हुन् ।

उनले व्यक्तिगत कोड तथा टिममा समेत उल्लेख्य व्यवसाय गर्दै आएकी छिन् ।

बीमा क्षेत्रमा लागेर छोटो अवधीमा उल्लेख्य प्रगति गर्न सफल भएकोमा कतिपय बीमा कम्पनीहरले नुमना एजेन्सी म्यानेजरको रुपमा समेत नमितालाई लिने गर्दछन् ।

नमिताले सन् २०२५ को सुरुवातमै एमडिआरटी लक्ष्य पछ्याउन सफल भएर आफूलाई उत्कृष्ट एजेन्सी म्यानजेरको रुपमा स्थापित गर्न सफल भएकी छिन् ।
समाजसेवासँगै व्यवसायमा समेत सम्मिलित नमिता बीमा क्षेत्रमा सफल अभिकर्ता हुन्।

बीमा क्षेत्रमा आबद्ध भएर अमेरिकादेखि अष्ट्रेलियासम्मको यात्रा गर्न सफल नमिता अन्तर्राष्ट्रिय प्लेटफर्महरुमा सहभागितासँगै दक्षता र निपूर्णता समेत बढ्दै गएको छ । जसको परिणाम आगामी सन् २०२५ का लागि एमडिआरटी चयन हुन सफल भइसकेकी छिन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*