झ्यामोलोङ्गमा हाईड्रोपावरले आइपीओ जारी गर्ने

२ चैत्र २०८०, शुक्रबार १६:१५

काठमाडौँ। झ्यामोलोङ्गमा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि चैत २४ गते २२औं वार्षिक साधारण सभा बोलाएको हो ।

सभा पोखरा, कास्कीमा विहान ११ बजे शुरू हुनेछ । सभाले कम्पनीको पूँजी बृद्धिको प्रस्ताव पारित गर्दै आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा आईपीओ जारी गर्न स्वीकृति प्रदान गर्नेछ ।

साथै। गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*