ग्रीन डेभलपमेन्ट बैंकले २ आर्थिक वर्षको साधारण सभा डाक्यो, बुक क्लोजको मिति तय

४ चैत्र २०८०, आईतवार १०:३६

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले २ आर्थिक वर्षको साधारण सभा एर्कपटक डाकेको छ।

बैंकले आर्थिक वर्ष २०७८–७९ र २०७९–८० को वार्षिक साधारण सभा चैत २७ गते गर्ने भएको हो । सभामा सेयरधनीलाई ३।८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

यस्तै, २ आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफानोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय अनुसूचीहरु छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । सभाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने र संस्थापक समूहबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव छ ।

यता, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पेश हुनेछ ।

साधारण सभा प्रयोजनका लागि चैत ९ गते बुक क्लोज हुनेछ । तसर्थ, चैत ८ गते बिहीबारसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । साधारण सभा मेजेस्टिक लेक फ्रन्ट एन्ड सुइट पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*