महुली लघुवित्तले बोलायो चैत २६ गते साधारण सभा, के–के छन् एजेण्डा ?

४ चैत्र २०८०, आईतवार १०:३८

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाले ११औं वार्षिक साधारण सभा चैत २६ गतेका लागि बोलाएको छ । कम्पनीको चैत ३ गते बसेको संचालक समितिको बैठकले सभा कम्पनीको केन्द्रिय कार्यालय महुली सप्तरीमा बिहान ११ बजे बस्ने गरी सभा आव्हान गरेको हो ।

सभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । सभा कम्पनीको संस्थापक तर्फको रहेको संचालक पदमा संचालक समितिबाट भएको मनोनयन अनुमोदन गर्ने प्रस्ताव समेत रहेको छ ।

साथै, कम्पनीका शेयरधनीहरुको हात भने यस वर्ष रित्तो हुने भएकोछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

सभा प्रयोजनका लागि कम्पनीले चैत १४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हुँदा चैत १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

1710648584733

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*