प्रभु महालक्ष्मी लाइफद्धारा १० लाख रुपैयाँ दाबी भुक्तानी

४ चैत्र २०८०, आईतवार १३:१५

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स निजगढ शाखाले घातक रोगबापतको दाबी भुक्तानी गरेको छ । कम्पनीले निजगढ नगरपालिका वडा २ निवासी सन्तोष दर्लामीलाई घातक रोग बापतको १० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

दर्लामीले घातक रोगसहितको सुविधाको बीमा गरेका थिए । हाल उनको दुबै मृगौला खराब भई प्रत्यारोपण गरेको हुँदा सो सुविधाबाट पाउने बीमाङ्क रकम प्रदान गरीएको हो ।

कम्पनीका प्रदेश प्रमुख सुदिष्ट गुप्ता, शाखा प्रमुख अमृता कुमारी बस्नेत, वडाका कार्यबाहक अध्यक्ष पुष्कर खड्का, अभिकर्ताहरु शारदा बिष्ट, लक्ष्मी लामिछाने, रुपा विष्ट, सरस्वती तिमल्सिना, संगिता थापा, सावित्री थापा, मेनुका थापाको रोहबरमा बीमितको आमा गोमामाया दर्लामी र दिदि बिन्दु मगरलाई उक्त रकम हस्तान्तरण गरीएको हो ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*