हालसम्म १ लाख ६ हजार कालोसूचीमा, ८ महिनामा २९ हजार थपिए

४ चैत्र २०८०, आईतवार १३:४६

काठमाडौँ । हालसम्म बैंकहरुको कालोसूची पर्नेको संख्या १ लाख भन्दा माथि पुगेको छ । कर्जा सूचना केन्द्रका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा १ लाख ६ हजार ५७९ जना बैंकहरुको कालो सूचीमा परेका हुन् ।

२० वाणिज्य बैंक, १७ विकास बैंक, १८ वित्त कम्पनी, ५७ लघुवित्त, १ पूर्वाधार विकास बैंक, ५ सहकारी संस्था, १० हायर पर्चेज कम्पनी र १ अन्य कम्पनीको तथ्यांकलाई कालोसूचीमा राख्ने गरेको छ । चालु वर्षको ८ महिनामा मात्र कालोसूचीमा २९ हजार ९३२ जना थपिएका छन् । यस अवधिमा ७ हजार ९१३ कालोसूचीबाट हटेको केन्द्रको तथ्याङ्कले देखाएको छ । गत वर्ष बैंकको कालो सूचीमा ३४ हजार ८१ जना थपिँदै ५६ हजार ५९८ पुगेको थियो ।

आर्थिक वर्ष २०६८÷६९ सम्ममा २ हजार ५ सय १६ जना, आव २०६९/७० मा ३ सय ५९ जना, आव २०७०।७१ मा ३ हजार ६०९ जना बैंकको कालो सूचीमा रहेका थिए । निरन्तर वृद्धि भइरहेको कालो सूचीको संख्या आव २०७६/७७ सम्ममा १२ हजार २९१जना, २०७७/७८ मा १६ हजार ९८७ जना, २०७८/७९मा २९ हजार ७८० जना, २०७९÷८० मा ५६ हजार ५ सय ९८ पुगेको छ । चालु आव २०८०/८१ को चैत १ गतेसम्म १ लाख ६ हजार ५ सय ७९ पुगेको छ ।

पछिल्लो समय निरन्तर कालोसूचीमा पर्ने आंकडा बढी रहेको छ । कोरोनाले सिर्जना गरेको अर्थसंकटले ऋण तिर्न नसक्दा कालोसूचीमा पर्ने ऋणिको संख्या बढी रहेको देखिछ । समयमा ऋण नतिर्ने र चेक बाउन्सको संख्या विगतका वर्षभन्दा पछिल्लो समय बढ्दो अवस्थामा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*