सभापोखरी हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने

४ चैत्र २०८०, आईतवार १४:००

काठमाडौँ । सभापोखरी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित चैत २४ गते वार्षिक साधारण सभा बोलाएको हो ।

सभा अरिकल इभेन्ट्स, महाराजगंज, काठमाडौँमा दिउँसो ३ बजे बस्ने गरी बोलाएको हो। सभामा आइपीओ जारी गर्ने प्रस्तावसहित आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

साथै, आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत सभाको कार्यसूचीमा समावेश भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*