नेरुडे मिर्मिरे लघुवित्तको सीइओमा भोजराज बस्याल नियुक्त, ६ जना सञ्चालक चयन

४ चैत्र २०८०, आईतवार १४:१५

काठमाडौँ । मर्जर पश्चात बनेको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा भोजराज बस्याल नियुक्त भएका छन् । कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बस्याललाई फागुन ३० गतेदेखि लागू हुने गरी सीइओको जीम्मेवारी दिएको हो । सोही दिन बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिवमा तुलसी राम पाठकलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यता, संस्थापक समूहका ४ जना र सर्वसाधारण समूहबाट २ जना गरी कुल ६ जना नयाँ सञ्चालक नियुक्त गरेको छ । जसमा सन्तोष फुयाँल, मणि कुमार अर्ज्याल, दीप ब. श्रेष्ठ र सुरेन्द्र राज भट्टराई संस्थापक समूहबाट र सुधिर कुमार श्रेष्ठ र सञ्जु घिमिरे सर्वसाधारण समूहबाट सञ्चालक नियुक्त भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*