समस्याग्रस्त शिवशिखर बहुउद्देश्यीय सहकारीमा ११ अर्ब रुपैयाँभन्दा बढीको माग दाबी

४ चैत्र २०८०, आईतवार १६:४९

काठमाडौं।  समस्याग्रस्त शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थामा ११ अर्ब रुपैयाँभन्दा बढीको माग दाबी परेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार ३२ हजार ५ सय बचतकर्ताको ११ अर्ब रुपैयाँ मागदाबी परेको समितिले जनाएको छ।

सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शिवशिखर बहुउदद्देश्यीय सहकारी संस्थालाई २५ भदौ २०८० मा समस्याग्रस्त घोषणा गरेको थियो ।मन्त्रालयले समस्याग्रस्त घोषणा गरी सम्पत्ति तथा दायित्व फस्र्यौट गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाएको थियो ।

शिवशिखर सहकारी संस्था स्थापना गरी सर्वसाधारणबाट निक्षेप संकलन गरी अपचलन गरेका सहकारीका पूर्वअध्यक्ष केदारनाथ शर्मा पुर्पक्षका लागि थुनामा छन् ।

काठमाडौं केन्द्रीय कार्यालय रहेको सहकारी संस्थाको स्रोत आफ्नो निजी व्यवसायमा लगानी गरी अपचलन गरेका शर्माले उक्त संस्थाको सञ्चालक समितिमा संस्थाका कर्मचारीलाई जिम्मा दिएर विराटनगरमा तुलसी बहुमुखी सहकारी संस्थाको अध्यक्ष बनेका थिए ।

उक्त सहकारीको स्रोत पनि अपचलन गरेका थिए । तुलसी सहकारी पनि सहकारी विभागको सिफारिसमा सहकारी मन्त्रालयले २५ भदौ २०८० मा नै समस्याग्रस्त घोषणा गरेको थियो ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले अनलाइन मागदाबीका लागि आवेदन माग गरेकोमा ५ हजार ३ सय ८१ आवेदकले करिब १ अर्ब ४५ करोडको मागदाबी पेस गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जनाएको छ ।

सहकारी संस्था सञ्चालक केदारनाथ शर्मा र उनी आबद्ध कम्पनीहरूको सम्पत्ति खोजी गर्दा अधिकांश सम्पत्ति बैंकबाट कर्जा लिएर रोक्का भएको पाइएको समिति सदस्यसचिव पौडेल बताउँछन् ।बैंकहरूले उक्त सम्पत्ति लिलाम गर्दा सहकारी ऐनअनुसार गर्नुपर्छ भन्ने प्रस्ताव समितिले राष्ट्र बैंकलाई पठाएको पौडेल बताउँछन् ।

६ अर्ब २५ करोड रुपैयाँ भने शर्माले आफ्ना निजी कम्पनीमा लगानी गरेको सीआईबीले गरेको अनुसन्धानमा खुलेको थियो ।

दुइटा संस्थामा सर्वसाधारणको करिब साढे १२ अर्बको मागदाबी परेको छ । यस्तै उनले सहकारीको स्रोत अपचलन गरी जोडेको सम्पत्ति बैंकमा धितो राखेर साढे ५ अर्बभन्दा बढी विभिन्न बैंकबाट कर्जा लिएका थिए

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*