जीवन बीमा कम्पनीहरुले कुन क्षेत्रमा कति गरे लगानी ?

४ चैत्र २०८०, आईतवार १७:१३

काठमाडौं । जीवन बीमा कम्पनीहरूले आव २०८०/८१ को दोस्रो त्रैमासको अवधिसम्म्मा कुल ६ खर्ब २२ अर्ब ४१ करोड ३२ लाख रुपैयाँ बैंक तथा विविध क्षेत्रमा लगानी गरेका छन् ।

प्राधिकरणले लगानी निर्देशिका जारी गरेको नौ वर्ष भइसक्दा पनि बीमा कम्पनीहरुले लगानी निर्देशिका अनुसार आफ्नो लगानी योग्य रकमलाई विविधिकरण गर्न सकेका छैनन् । बीमा कम्पनीहरुले सुरक्षा र जोखिमलाई विश्लेषण गरेर अन्य क्षेत्रमा लगानी गर्दा जोखिम रहेकोले बैंकको मुद्दति निक्षेपमा धेरै रकम थन्किएको हो ।

निर्देशका अनुसार बीमा कम्पनीहरूले नेपाल सरकारको बचतपत्र वा ऋणपत्रमा न्यूनतम २० प्रतिशत, क वर्गको बैंक तथा नेपाल पूर्वाधार बैंक लिमिटेडको मुद्दती निक्षेपमा न्यूनतम ३० प्रतिशत, खर ग वर्गको बैंकमा बढीमा १० प्रतिशत, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण शेयरमा १० प्रतिशत, घर जग्गा व्यवसायमा १० प्रतिशत, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण शेयरमा १० प्रतिशत, ‘क’, ’ख’ र ’ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्रमा २० प्रतिशत, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको सुरक्षित डिबेन्चरमा २० प्रतिशत, कृषि, पर्यटन, जलस्रोत लगायतका पूर्वाधारमा १० प्रतिशत, म्युचुअल फण्ड तथा नागरिक लगानी कोषमा ५ प्रतिशत, इन्भेष्टमेन्ट कम्पनीमा ५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था रहेको छ।

निर्देशिकामा लगानीको लागि क्षेत्र तोकिएको भएपनि बीमा कम्पनीहरुले ठूलो रकम ‘क’ वर्गका वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गरेका छन् । वाणिज्य बैंकको मुद्दती निक्षेप बाहेक कुनै पनि क्षेत्रमा बीमा कम्पनीहरुले लगानी निर्देशिका अनुसार सीमा पुर्याएका छैनन् ।

जीवन बीमा कम्पनीहरूले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्था र पूर्वाधार बैंकको मुद्दती निक्षेपमा कुल लगानीको ८८ प्रतिशत लगानी गरेका छन् ।जीवन बीमा कम्पनीहरूले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंकको मुद्धती निक्षेपमा मात्रै ४ खर्ब ८४ अर्ब रुपैयाँ लगानी गरेका छन् । भने प्राधिकरणले छुटाएको लगानी निर्देशिका बमोजिम १ खर्ब ३८ अर्ब रुपैयाँ अन्य विविध क्षेत्रमा लगानी गरेका छन् ।

जीवन बीमा कम्पनीहरुले सबैभन्दा धेरै क वर्गको बैंकको मुद्धती निक्षेपमा पैसा राखेको छ।कम्पनीहरुले दोस्रो त्रैमासको अवधिसम्मा ४ खर्ब ३२ अर्ब रुपैयाँ राखेको छ ।

दोस्रोमा र्बैंकको अग्राधिकार शेयर, बण्ड, डिभेन्ञ्चर र ऋणपत्रमा ४५ अर्ब रुपैयाँ, ख वर्गको बैंकमा ४० अर्ब ३० करोड रुपैयाँ, अन्य लगानीमा ३५ अर्ब ८३ लाख रुपैयाँ लगानी गरेका छन् ।

जीवन बीमा कम्पनीहरुले सबैभन्दा थोरै पूर्वधार बैंकको मुद्धती निक्षेप, सूचीकृत नभएका कम्पनी र इन्भेष्टमेन्ट कम्पनीमा गरेका छन् ।

सबैभन्दा कम जीवन बीमा कम्पनीहरुले इन्भेष्टमेन्ट, सूचीकृत र घरजग्गामा लगानी गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*