जनउत्थान सामुदायिक लघुवित्तले डाक्यो एजीएम, के–के छन् एजेण्डा?

५ चैत्र २०८०, सोमबार ०७:१४

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १३ औं वार्षिक साधारण सभा डाकेको छ । सभा चैत्र ३० गते शुक्रबार होटल न्यू ईरा, कालिकापथ, रुपन्देहीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीको चैत्र ४ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो ।

कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन् । सभाले गत आर्थिक वर्षको प्रतिवेदन, वासलात, नाफा–नोक्सान, नगद प्रवाह तथा इक्विटीमा भएको परिवर्तन लगायतका वित्तीय विवरणमा छलफल गर्नुका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

सभाबाट संस्थापकबाट प्रतिनिधित्व गर्ने तीन तथा सर्वसाधारणबाट प्रतिनिधित्व गर्र्ने दुई जना संचालकको निर्वाचन हुनेछ । भविष्यमा उपयुक्त अन्य लघुवित्त संस्थासँग मर्जरका लागि सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने तथा संस्थाको कार्यक्षेत्र १९ जिल्लाबाट विस्तार गरी राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने लगायतका एजेण्डा रहेका छन् ।

सभा प्रयोजनार्थ कम्पनीले चैत्र २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार सोको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*