लाभांश प्रस्तावसहित सपोर्ट लघुवित्तले पुनः डाक्यो एजीएम

५ चैत्र २०८०, सोमबार ०७:४२

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले पुनः नवौं वार्षिक साधराण सभा डाकेको छ । सभा चैत्र १७ गते शनिबार दुर्गा पार्टी प्यालेस, इटहरी, सुनसरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले यसअघि पुस २७ गते बोलाएको सभा गणपुरक सङ्ख्या नपुगेपछि स्थगित भएको थियो । कम्पनीको चैत्र ४ गते बसेको संचालक समितिको बैठकले पुनः सभा बोलाएको हो ।

सभामा गत वर्षको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको १३ प्रतिशतले हुने रकम एक करोड २३ लाख ८० हजार ९४० रुपैयाँको बोनस शेयर तथा ०.६८४२ प्रतिशतले हुने रकम ६ लाख ५१ हजार ६२८ रुपैयाँको नगद लाभांश (कर प्रयाजनार्थ) वितरणको प्रस्ताव पेश हुनेछ ।

सभाले गत आवको प्रतिवेदन, नाफा–नोक्सान, नगद प्रवाह तथा इक्विटीमा भएको परिवर्तन लगायतका वित्तीय विवरणमा छलफल गर्नुका साथै, चालु आवका लागि लखापरीक्षकको नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्नेछ । साथै, हाल कायम रहेको जारी शेयर पूँजी बृद्धि गरी १० करोड ७६ लाख १८ हजार ९४० रुपैयाँ पुर्याउन प्रस्ताव पेश हुनेछ ।

सभाबाट संचालक समितिमा संस्थापक समूहबाट चार जना र सर्वसाधारण समूहबाट एक जना प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन हुनेछ । त्यस्तै, अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गरिसकेको छ । जसअनुसार सोको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन तथा लाभांश पाउन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*