राष्ट्र बैंकको बर्खास्तमा परेका थानेश्वर आचार्यले भने, ‘थ्याङ्क्यु एभ्रिवान’

५ चैत्र २०८०, सोमबार १८:५३

काठमाडौं । महिला हिंसा अभियोग लागेर बर्खास्तगमीमा परेका नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्यले ‘सबैलाई धन्यवाद’ भन्ने स्टाटस राखेका छन् । बर्खास्त हुने पत्र पाए लगत्तै आफनो फेसबुक स्टाटसमार्फत सबैलाई धन्यावाद ज्ञापन गरेका हुन् ।

उनले बर्खास्तको चिठ्ठी आज कार्यालय समय सकिए लगत्तै बुझेका छन् । बर्खास्त पत्र पाएपछि उनले आफनो फेसबुक स्टाटसमार्फत ‘थ्याङ्क्यू एभ्रिवान’ लेखेर आफनो फेसबुक वालमा पोष्ट गरेका छन् । कार्यालय समय सकिएपछि उनको फेसबुक स्टाटस देखिएपछि राष्ट्र बैंकका कर्मचारी र उनका फेसबुकमा रहेका सम्पूर्णले बर्खास्त भएको अनुमान गरेका थिए ।

थानेश्वर आचार्यलाई राष्ट्र बैंकमै कार्यरत महिलामाथि दुव्र्यवहार गरेको अभियोगमा बर्खास्त गरिएको थानेश्वर बर्खास्त भएको राष्ट्र बैंकका सूचना अधिकारी डिल्लीराम पोखरेलले पुष्टि गरेका छन् ।
बैंकको निर्णयमा राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन, २०७४ समेत मिलाइएको रूपमा) को विनियम १४५ को खण्ड (ख)को ९१० बमोजिम भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी आचार्यलाई मंगलबारदेखि सेवाबाट हटाइएको उल्लेख छ ।

गत पुस २७ गते बैंकले नगरकोटमा आयोजना गरेको तनाव व्यवस्थापन सम्बन्धी दुईदिने कार्यक्रमको पहिलो दिन आचार्यले बैंकका एक कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोप लगाइएको थियो ।

सामान्य भनिएको घट्नालाई राष्ट्र बैंककै अर्को पक्षले बेस्सरी चलालेर आचार्यको जागिर संकटमा पार्ने प्रयास गरेको आरोप एकाथरी कर्मचारीहरुमाथि पनि लागेको छ । स्रोतका अनुसार थानेश्वर आचार्यलाई कारवाही गरेसँगै घटनालाई अतिरञ्जित गर्दै बढाई चढाई गर्नेलाई कारवाही हुन्छ हुँदैन ? भनेर प्रश्न उठिरहेको छ । कारवाहीमा परेका आचार्यले धन्यवाद ज्ञापन गर्नुले पनि घटनामा अर्को पक्षको बढाई चढाईको योगदान गरेको र योजना सफल पारेकोमा धन्यवाद ज्ञापन गरेको अर्थमा समेत बुझिएको छ ।

नेपाल राष्ट्र बैंकको इतिहासमा पहिलो पटक महिला हिंसाको आरोपमा उच्च तहका कर्मचारी बर्खास्तगीमा परेकाले पनि उनले सामाजिक सञ्जालमार्फत धन्यवाद ज्ञापन गरेको देखिएको छ ।

पीडितले राष्ट्र बैंकबाटै न्याय नपाए अदालती प्रकृयामा जानको लागि तयार गरिरहेको बेला केन्द्रीय बैंकले बर्खास्त गरेको हो । राष्ट्रिय महिला आयोगले घटनाको सुक्ष्म निगरानी गरिरहेको र गभर्नर महाप्रसाद अधिकारीले पीडितलाई न्याय दिनेमा आशावादी रहेको बताउँदै आएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*