छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रति कित्ता मूल्य कति?

६ चैत्र २०८०, मंगलवार ०७:०७

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले संस्थापक शेयरधनी महेन्द्र गौतमको नाममा रहेको १७ हजार ५०० कित्ता शेयर बिक्रीमा ल्याएको छ । यसको मूल्य प्रति कित्ता ६०० रुपैयाँ तोकिएको छ । यो शेयर हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

शेयर खरिद गर्न इच्छुकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र संस्थापकबाट आवेदन नपरेको खण्डमा शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अघि बढाइनेछ ।

त्यस्तै, कम्पनीले अर्का शेयरधनीको नाममा रहेको एक हजार ६२८ कित्ता शेयर बिक्रीमा ल्याएको छ । यसको मूल्य प्रति कित्ता ५०० रुपैयाँ तोकिएको छ । यस शेयरमा संस्थापक बाहेक अन्य व्यक्ति वा संस्थाले १५ दिनभित्र खरिद आवदेन दिन पाउनेछन् ।

शेयर खरिदका लागि आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वर, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*