१० हजारको बीमाबाट प्राप्त भयो ५ लाख

६ चैत्र २०८०, मंगलवार १०:२३

काठमाडौं । शिखर नगरपालिका ६ कोटकी चन्नरी देवी लुहारले २०८० वैशाखमा बिना धितो ५ लाख १० हजार ऋण लिइन् । छिमेकी लघुवित्त वित्तीय संस्थाको गोपघाट शाखाबाट उनले ऋण लिँदा लघुवित्तले पाँच वर्षे बीमा शुल्क वाफत १० हजार ८ सय ३७ रुपैयाँ काट्यो ।

४३ वर्षीय लुहारको कार्तिक १६ गते हृदय घातका कारण निधन भयो । निधनपछि उनको परिवारले बीमा दाबी गर्यो। बीमा दाबी गरे पछि मृतकका परिवारले सोमबार ५ लाख १० हजार रकम प्राप्त गरे। मृतकका श्रीमान कालु लुहारले उक्त रकम बुझेका हुन् । उनलाई शिखर नगरपालिकाकी उप–प्रमुख सुनिता रावल जोराको रोहबरमा बीमा रकम हस्तान्तरण गरिएको हो।

अन्तर्राष्ट्रिय ग्राहक संरक्षण प्रमाणपत्र प्राप्त उक्त लघुवित्तले आफ्नासबै ग्राहक (ऋणी)को अनिवार्य बीमा गर्दै आएको गोपघाट शाखाकी प्रबन्धक माया कुमारी ओझाले बताइन् । “नगरका विभिन्न वडा तथा टोलमा हाम्रा समूहहरू छन्,” ओझाले भनिन्,”समूहका सदस्यहरूलाई हामीले बिना धितो व्यवसाय सञ्चालन गर्न ऋण उपलब्ध गराउने गरेका छौं । ऋण लिँदा ऋण लिने व्यक्ति र उहाँको संरक्षणकको बीमा गर्ने गरेका छौं। त्यस्तो घटना घट्यो भने ऋण लिए बराबरको  बीमा भुक्तानी गर्ने गरेका छौं । सोही अनुसार लूहारको बीमा उपलब्ध गराएका हौ ।”

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*