कठिनाइमा परेका लघुवित्त ऋणीलाई कर्जाको भुक्तानी अवधि एक वर्ष थप

६ चैत्र २०८०, मंगलवार १०:२३

काठमाडौं । लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिई परिस्थितिजन्य कारणले कठिनाइमा परेका ऋणीलाई कर्जाको भुक्तानी अवधि एक वर्ष थप हुने व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो बताएको हो ।

ऋणीको आवश्यकता र औचित्यको आधारमा एक पटकको लागि कर्जाको भुक्तानी अवधि बढीमा एक वर्ष थप हुनेगरी २०८१ वैशाख समान्तभित्र पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सकिने व्यवस्था गरिएको बैंकले बताएको छ ।

यसका लागि २०८० असार मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएका कर्जाका लागि भुक्तानी गर्न बाँकी ब्याजको कम्तिमा पाँच प्रतिशत भुक्तानी गरी २०८० चैत्र मसान्तसम्म निवेदन दिइसक्नुपर्नेछ ।

साथै, यो व्यवस्थाको कार्यान्वयनमा कुनै द्विधा भएमा वा सम्बन्धित संस्थाको कामकारवाहीउपर कुनै गुनासो भए नेपाल राष्ट्र बैंकमा गुनासो दर्ता गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*