११ अर्ब रुपैयाँ निक्षेप रहेको आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीका अध्यक्ष उप्रेती फरार

६ चैत्र २०८०, मंगलवार ११:११

काठमाडौँ । आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था तथा सहकारी बैंकका अध्यक्ष केबी उप्रेती फरार भएका छन् । ११ अर्ब रुपैयाँ भन्दाबढी निक्षेप रहेको सहकारीका अध्यक्ष उप्रेती बिनाजानकारी फरार भएका हुन् ।

सहकारीबाट लिएको ब्यक्तिगत कर्जाको साँवाब्याज तिर्न नसक्ने र भएको संस्था समेत संकटग्रस्त भएपछि उप्रेती तनाब अवस्थामा रहेका थिए । आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था संकटमा परेपछि उनी नेपालमा पक्राउ पर्ने डरले भारत गई बसेको स्रोत बताएको छ । स्वास्थ्यमा समस्या आएका कारण भारतमा उपचार गराइरहेको भनेपनि सहकारी निक्षेप फिर्ता गर्ने सक्ने अवस्था नभएपछि उनी पक्राउ गर्ने डरले भारत गएको बताइएको छ ।

उप्रेती नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभागको सचिव समेत हुन् । हाम्रो सगरमाथा आइडल यमुना बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, घेदुङ बहुउद्देश्यीय सहकारी संस्थालाई मर्ज गरी आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको नाममा कारोबार हुँदै आएको थियो । मर्जपछि पनि सहकारी संकटमुक्त नहुँदा उपे्रति फरार भएका हुन् ।

राजनीति पहुँच बढाएर पक्राउ नपर्ने आडमा उपे्रती रहेका थिए । तर, उनीले एमालेको पार्टीको सिद्धान्तबमोजिम काम कारबाहि नगरेकोले कारबाहि प्रक्रियारहेका थिए । राजनीति आड समेत भत्कीएपछि उनी फरार भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*