नेशनल लाइफ नेपालगंज शाखाद्वारा एकैदिनमा एक करोड १५ लाख रुपैयाँको बीमा गर्न सफल

६ चैत्र २०८०, मंगलवार १३:३१

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नेपालगन्ज शाखाले एकैदिनमा एक करोड १६ लाख रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएको छ ।

कम्पनीको उक्त शाखाले फागुन महिनाको एक दिनमा मात्रै एक करोड १५ लाख र महिनाभरीमा दुई करोड १६ लाख रुपैयाँको व्यवसाय गरेर ऐतिहासिक किर्तिमान कायम गरेको हो ।

कम्पनीले फागुन महिनामा ल्याएको शैक्षिक तालिम कलकत्ता भ्रमणको योजना अन्तर्गत नेपालगन्ज शाखाले सबैभन्दा बढी व्यवसाय गर्न सफल भएको छ । नेपालगन्ज शाखामा आवद्ध बीमा मध्यस्तकर्ता र अभिकर्ताहरुमध्ये २९ जना चाही शैक्षिक तालिम कलकत्ता भ्रमण योजनामा छनौट भएका छन् ।

करिव डेढ दशकदेखि बीमा क्षेत्रमा सक्रिय रहेका नेपालगञ्ज शाखाका प्रमुख दिप नारायण खनाल हाल कर्णाली प्रदेशको प्रमुखको जिम्मेवारी समेत बहन गरिरहेका छन् ।

उक्त सफलता प्रति खुशी व्यक्त गर्दै शाखा प्रमुख खनालले नेशनल लिडरहरु गंगा शर्मा पराजुली, शंकर लामिछाने लगायत दर्जनौं मध्यस्थकर्ताहरुको सक्रियताले व्यवसाय गर्न सफल भएको बताए ।

‘आफुलाई सहायक विकास अधिकृत नवराज बमले पनि बजार व्यवस्थापनमा ठूलो सहयोग गरे’ उनले भने । नेपालगञ्जमा कम्पनीले आफ्नै व्यवसायिक भववबाटै बीमा सेवा चाडै सुरु गर्ने समेत शाखा प्रमुख खनालले बताए ।

कम्पनीको नेपालगंज शाखामा शंकर लामिछाने, गंगा शर्मा पराजुली, युवराज पराजुली,चादनी मिश्र, एङ्का खनाल, अनिला दहाल, अनिल कुमार यादव, बिनीता सुवेदी क्षेत्री, मनोज धामी, सन्तोष घर्ति मगर लगायतका २९ जना कार्यक्षमता भएका लिडरहरू कलकत्ता भ्रमण तथा तालिम कार्यक्रममा छनौट भएका छन् ।

साथै, कम्पनीको उक्त योजनामा शंकर लामिछाने, दिव्या पाण्डे, सिजन पराजुली, तुलसा बस्नेत वली, पुजा वर्मा, सार्थक खड्का, भुप भण्डारी, चन्द्र शाही, इयन्का खनाल, अनिल कुमार यादव, भावना सापकोटा, गगन थापा, मनिषा राना, मादव पोखरेल, गंगा थापा मगर, चन्दनी मिश्र, जया लक्ष्मी आचार्य, बबिता सुबेदी, गणेश शाही, राकेश चन्द्र कुमार र युवराज पराजुली छनौट भएका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*