लिबर्टी माइक्रो लाइफको बीमा दर्ता कार्यक्रम सम्पन्न

६ चैत्र २०८०, मंगलवार १४:३०

काठमाडौं । लिबर्टी माईक्रो लाइफ इन्स्योरेन्स र बर्दिबास नगरपालिकाबीच गरिब, बिपन्नहरूका लागि बीमा दर्ता कार्यक्रम सम्पन्न भएको छ ।

बर्दिबास नगरपालिकाको वडा कार्यालय १४ ले एकीकृत नमूना मुसहर बस्ती, बर्दिबास सामुहिक म्यादी जीवन बीमा अन्तर्गत बीमा दर्ता कार्यक्रम सम्पन्न गरेको हो ।

ऐतिहासिक सम्झौता मार्फत शुरूवातमा बर्दिबास वडा नं १४ का न्यून आय भएका ब्यक्तिहरूले बीमा सेवा प्राप्त गर्ने छन् । नगरपालिकाले अरू वडाहरूमा समेत न्यून आय भएका व्यक्तिहरूका लागि बीमा कार्यक्रम संचालन गर्दै लैजाने योजना रहेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*