जनगुनासो समेटेर बीमा प्राधिकरणले कम्पनीलाई जारी गर्यो १८ बुँदे निर्देशन

६ चैत्र २०८०, मंगलवार १८:३८

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई ध्यानाकर्षण गराएको छ। नेपाल बीमा प्राधिकरणले आज एक परिपत्र जारी गर्दै यस्तो जानकारी दिएको हो ।

प्राधिकरणले जनगुनासो समेटेर एकीकृत निर्देशिका नै जारी गरेर बीमा कम्पनीहरुलाई पहिलो पटक कम्पनीहरुलाई ध्यानाकर्षण गराएको हो । पालना नगरे प्राधिकरणले कारवाही गर्ने समेत चेतावनी दिएको छ ।

नेपाल बीमा प्राधिकरणलेसमय समयमा बीमकको स्थलगत तथा गौरस्थलगत निरिक्षण गर्दा प्राप्त प्रतिवेदनमा विभिन्न कैफियत देखिएको तथा प्रदेश र स्थानीय तहमा बीमा सम्बन्धी अन्तक्रियामा बीमकका सम्बन्धमा प्राप्त भएका गुनासाहरुमा प्राधिकरणले बीमा कम्पनीहरुलाई ध्यानाकर्षण गराएको निर्देशक दिनेश कुमार लालले बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*