ग्लोबल मनी विकः देशैभरी बीमा सचेतना कार्यक्रम सञ्चालन गर्दै बीमा प्राधिकरण

बिद्यार्थीलाई विशेष प्राथमिकता
७ चैत्र २०८०, बुधबार ११:३७

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ग्लोबल मनी विकको अवसरमा देश भरी नै बीमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । राष्ट्र बैंकको सहकार्यमा प्राधिकरणले साताव्यापी रुपमा बिद्यार्थी लगायत सरोकारवाला माझ सो प्रकारका कार्यक्रम सञ्चालन गर्दै आएको हो ।

बीमा प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीलेले सातै प्रदेशमा रहेका बीमा कम्पनीहरुलाई वित्तीय चेतना तथा बीमा सम्बन्धि अन्र्तक्रिया कार्यक्रम आयोजना गर्नको लागि निर्देशन दिएको बताए । साथै, उनले भने ‘हामीले ग्लोबल मनी विकलाई सफल बनाउनको लागि विभिन्न स्थानमा त्यहाँका सम्बन्धित निकाय, सरोकारवाला तथा स्थानीय सरकारसँग सम्वनय गरी बीमा सचेतना कार्यक्रम पनी सञ्चालन गरिरहेका छौं ।’

साताव्यापि रुपमा सञ्चालन हुने ग्लोबल मनी वीकमा बीमा प्राधिकरणले विशेषगरी विद्यार्थीहरु माझ बीमाको महत्व र बीमा गर्ने प्रक्रिया लगायत दावी भुक्तनीको बारेमा जानकारी दिने कार्यक्रम तय गर्दै आएको समेत अधिकारीले बताए ।

केन्द्रिय बैंकले सो अवसरमा आयोजना गरेका विभिन्न शैक्षिक तथा प्रभातफेरी कार्यक्रममा बीमा प्राधिकरणले विभिन्न जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई अनिवार्य सहभागिका लागि निर्देशन समेत दिएको छ ।

मधेस प्रदेशमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा सहभागि हुनका लागि बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयले त्यहाँका इजाजत प्राप्त सबै जीवन, निर्जीवन र लघुबीमा कम्पनीका शाखाहरुलाई उपस्थितीको लागि निर्देशन समेत दिएको छ । उक्त कार्यक्रममा सहभागि हुने अवसर प्रदान गरेकोमा सन नेपाल लाइफका वीरगंज शाखा प्रमुख श्रीराम प्रसादले प्राधिकरणलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

केन्द्रिय बैंकले विभिन्न संस्थाहरुसँग सहकार्य गरी यही चैत ५ गतेदेखि उक्त कार्यक्रमको शुभारम्भ गरेको हो । कार्यक्रमको उद्घाटन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका थिए । नेपालका विभिन्न आर्थिक क्षेत्रका संस्थाहरुले यसलाई पर्वका रुपमा मनाउने गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*