देशैभरीका बीमा कम्पनीका शाखा कार्यालयलाई मापदण्ड बमोजिम संचालन गर्न प्राधिकरणको अल्टिमेटम

७ चैत्र २०८०, बुधबार ११:२०

काठमाडौं । देशैभरीका बीमा कम्पनीका शाखा कार्यालयहरुलाई मापदण्ड बमोजिम संचालन गर्न नियामक निकाय बीमा प्राधिकरणको दुई महिने अल्टिमेटम दिएको छ। बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई प्रदेश शाखा तथा उपशाखा कार्यालयहरुको न्यूनतम भौतिक पूर्वधार दुई महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएको हो ।

बीमा प्राधिकरणले गत बर्ष बीमा कम्पनीहरुको प्रदेश, शाखा तथा उपशाखा कार्यालयहरुमा तोकेको मापदण्ड अनुसार व्यवस्थित गर्न निर्देशन दिएको हो । हाललाई जनशक्ति सम्बन्धी परिचालन गर्ने(तत्कालको लागि अर्को व्यवस्था नभएसम्म प्रदेश कार्यालयमा पाँचजना शाखा, चारजना उपशाखामा, दुई जना कर्मचारी अनिवार्य राख्न प्राधिकरणले निर्देशन दिएको छ।

प्राधिकरणले बीमितको जोखिम रक्षावरण गर्ने कम्पनीको अवस्था नाजुक रहेको कारण कम्पनीलाई व्यवस्थित ढंगबाट सुधार र विस्तार गर्न २ महिने अल्टिमेटम दिएको हो ।

बीमा प्राधिकरणले पछिल्लो समय स्थानीय सरकारसँग बीमाको पहुँच अभिवृद्धिको लागि राखेका कार्यक्रममा बीमितहरुले बीमा कम्पनीहरुको शाखा कार्यालय र उपशाखाहरुको व्यवस्थापन नभएको कारण बीमा गर्न हिच्किहाट हुने गरेको गुनासो गरेसँगै प्राधिकरणले जनगुनासो राख्दै बीमा कम्पनीहरुलाई शाखा र उपशाखा व्यवस्थित ढंगबाट संचालन गर्न निर्देशन दिएको हो ।

नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश लाल कर्णले दुई महिनाभित्र शाखा कार्यालय प्राधिकरणको गाईडलाईन अन्तर्गत संचालन नगरे अनुगमन मार्फत केही कैफियत देखिएको कम्पनीलाई कारवाही गर्ने जानकारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*