हिमालयन लाइफ विराटनगर शाखाद्वारा बिद्यार्थीसँग बीमा सचेतना कार्यक्रम सम्पन्न

७ चैत्र २०८०, बुधबार १२:१५

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ग्लोबल मनी विकको अवसरमा विभिन्न बीमा सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । कम्पनीको विराटनगर शाखाले विद्यार्थीहरुमा सो प्रकारका सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

कम्पनीले सो अवसरमा विराटनगरमा स्थित इडेनवर्ग कजेजका स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाइ बीमा सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बिद्यार्थीहरुको बाक्लो मात्रामा उपस्थिती रहेको शाखाले जनाएको छ ।

विराटनगरमा आयोजना गरेको उक्त कार्यक्रमले बिद्यार्थीहरुलाई बीमाको महत्व र बीमा गर्ने प्रक्रिया लगायत दावी भुक्तनी सम्बन्धि जानकारी भएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*