मिटरब्याज पीडितका समस्या सुन्न सहजीकरण डेस्क स्थापना गर्न गृह मन्त्रालयको निर्देशन

७ चैत्र २०८०, बुधबार १३:३४

काठमाडौँ । गृह मन्त्रालयले मिटरब्याज सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सम्बोधनका लागि सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिबीच गत फागुन २८ मा मिटरब्याज सम्बन्धी समस्या समाधान गर्न चार बुँदे सहमति भएकाले सो सहमतिअनुसार डेस्क स्थापना गरी काम अघि बढाउन मन्त्रालयबाट निर्देशन गरिएको हो ।

मडेस्कमा खटिने कर्मचारीको विवरण (नामथर, पद, इमेल, सम्पर्क नम्बर तथा अन्य सम्पर्कका माध्यमहरू) कार्यालयको वेबसाइटमा सार्वजनिक गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई भनेको छ । मिटरब्याज सम्बन्धी गुनासोका लागि मोबाइल नम्बर ९८५१३६०६०३ (भाइवर, ह्वाट्स एप म्यासेजका लागि), इमेल [email protected] तथा टोल फ्रि नम्बर १११२ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

CCF03182024_0002

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*