ग्लोवल मनी विकमा मधेश प्रदेशः बिद्यार्थीलाई बीमा सचेतना

शिक्षक एवं विद्यार्थीहरुसँगको सहकार्यमा बीमा साक्षरता अभिवृद्धि गरी बीमा दायरा विस्तार गर्ने
७ चैत्र २०८०, बुधबार १४:२८

काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयले ‘ग्लोवल मनी विक’ लाई विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाई रहेको छ । मधेश प्रदेश कार्यालयले यस अवसरमा स्थानीय सरोकारवालासँगको सम्वनयमा बिद्यार्थीहरु माझ बीमा सम्बन्धि कार्यक्रम सञ्चालन गरेको हो ।

बुधबार मधेश प्रदेश कार्यालयले विरगंज १४ पर्सामा रहेको श्री नृसिंह माध्यमिक विद्यालयका बिद्यार्थीहरुको उपस्थितीमा बीमा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बिद्यार्थीहरुको बाक्लो संख्यामा उपस्थिती रहेको मधेश प्रदेश कार्यालयले जानकारी दिएको छ ।

बिद्यार्थिहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृति विकास गर्ने, सहभागिहरुलाई नेपालको बीमा प्रणाली र व्यवसायको सम्बन्धमा जानकारी प्रदान गर्ने र शिक्षक एवं विद्यार्थीहरुसँगको सहकार्यमा बीमा साक्षरता अभिवृद्धि गरी बीमा दायरा विस्तार गर्ने उदेश्यसहित प्राधिकरणले कार्यक्रम सञ्चालन गरिरहेको छ ।

बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालय ग्लोवल मनी विकमा अन्य प्रदेशको तुलनामा निकै सक्रिय देखिएको छ । प्राधिकरणले आयोजना गरेको बीमा साक्षरता तथा प्राभातफेरी कार्याक्रमका कारणले सयौं बिद्यार्थीहरुले बीमा सम्बन्धि आवश्यक ज्ञान हासिल गर्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*