सहकारी प्रकरणको निष्पक्ष छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान हुन सक्दैनः सांसद राणा

७ चैत्र २०८०, बुधबार १४:४५

काठमाडौं।  पूर्वअर्थराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सांसद उदय शमशेर राणाले सहकारी प्रकरणहरुको निष्पक्ष छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान हुन अप्ठ्यारो पर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा आव २०८१र०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा भाग लिँदै सांसद जबराले सहकारीहरुले अर्थतन्त्रमा समस्या ल्याएका बताए ।

सहकारीहरुलाई निष्पक्ष छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान हुन सहज नहुने उनको भनाइ छ ।

‘सहकारीमा के भयो भनेर निष्पक्ष छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान हुन अप्ठ्यारो हुन्छ । पीडितको मात्र कुरा गरेको होइन, यसले हाम्रो अर्थतन्त्रमा पनि समस्या ल्याएको छ । त्यसैले यसमा छिटोभन्दा छिटो निष्पक्ष छानविन गर्नु जरुरी छ,’ उनले भने, ‘ अहिले झाँक्री पनि त्यही । बोक्सी पनि त्यही । आरोपित व्यक्ति पनि त्यही । छानबिन गर्ने गृहमन्त्री पनि त्यही । त्यही कारण अहिले संसदबाटै छानबिन गर्नु जरुरी छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*