नेशनल लाइफ पर्सा शाखाद्वारा १४ लाख रुपैयाँको बीमा दावी भुक्तानी

७ चैत्र २०८०, बुधबार १५:५५

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले बीमा दावी रकम भुक्तानी गरेको छ । कम्पनीको पर्सा शाखा कार्यालयले बीमितलाई दावी बापतको १४ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

कम्पनीबाट वैदेशिक रोजगार अन्तर्गतको बीमा गराएका खैरहना नगरपालिका ११, चितवन बस्ने ४८ वर्षको स्वर्गिय प्रेम बहादुर तामाङको साउदी अरबमा वैदेशिक रोजगारको क्रममा असामयिक भएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले बीमित तामाङको श्रीमति बिमला तामाङलाई १४ लाख रुपैयाँकोको चेक हस्तान्तरण गरेको छ ।

कमाउने घरमुलिको निधनले परिवारमा पर्न गएको आर्थिक भारमा कम्पनीबाट प्राप्त दाबी रकमले ठुलो राहत पुगेको भन्दै बीमित तामाङको श्रीमतिले जीवन बीमा अनिवार्य गर्नुपर्ने बताएकी छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*