मेटलाइफ नेपालको लिगेसी ट्री कार्यक्रमको आधिकारिक घोषणा

७ चैत्र २०८०, बुधबार १६:४८

काठमाडौं ।मेटलाइफ नेपालले आफ्नो लिगेसी ट्री कार्यक्रमको आधिकारिक सुरुवातको घोषणा गरेको छ, जहाँ कम्पनीले जीवन बीमा मृत्यु दाबी भुक्तानी गरेको प्रत्येक प्रियजनको सम्मानमा एउटा रुख रोप्ने वाचा गर्दछ । रूखले बीमितको स्मृतिलाई सम्मान गर्दछ, साथै वन विनाशको लडाइँ, सफा हावा, र जनावरहरूको लागि बासस्थान, र भूमि संरक्षण प्रदान गर्दछ ।

जीवन बीमा दाबी भुक्तानी गरेपछि, कम्पनीले प्रत्येक लाभार्थीलाई उनीहरूको आफ्नो प्रियजनको सम्झनामा रूख रोपिएको सूचित गर्ने पत्र प्रदान गरिनेछ । मृतकलाई सम्मान गर्नुका साथै कार्यक्रम अन्तर्गत रोपिएका रुखहरूले बारा जिल्लाको पुनरुत्थानको प्रयासमा योगदान पु¥याउने र भावी पुस्तालाई पनि फाइदा पुग्ने बताइएको छ ।

आर्बर डे फाउन्डेसन र उनीहरूको कार्यान्वयन साझेदार इकोकल्चरले यस कार्यक्रम सञ्चालन गर्नेछ। २०२३ को अन्त्यमा कार्यक्रम सुरु भएदेखि यस क्षेत्रको इकोसिस्टमलाई सहयोग गर्दै बारामा ७,००० रुख रोपिएका छन् । जब बिरुवाहरुले जरा लिन्छ र आकाशमा पुग्छ, तिनीहरूले आशा, र सामूहिक कार्यको शक्तिको प्रतीक बनाउँछन् जसले आगामी पुस्ताहरूका लागि हरियाली, अझ समृद्ध भविष्य सुनिश्चित गर्दछ ।

बाराले वन फँडानी र नदीजन्य उत्खननले परिस्थितिक विनाशको चपेटामा परेको छ, जसले वातावरणीय पूर्वाधारलाई खतरामा पारेको छ । कटानले सडक र बिजुलीका पोलहरू जोखिममा पारेका छन्, जबकि बाढी र नदीको क्षतिले घरहरू, व्यवसायहरू र ताजा पानीको आपूर्तिलाई जोखिममा पारेको छ । लिगेसी ट्री कार्यक्रम मार्फत रोपिएका ७,००० रूखहरू आर्बर डे फाउन्डेसनले लगभग ७६४ मेट्रिक टन कार्बन डाइअक्साइड निकाल्ने, लगभग ३,२२० ग्यालन पानीको बहावलाई रोक्न, र ४० वर्षमा लगभग ११.८८ टन वायु प्रदूषकहरू हटाउने अनुमान गरेको छ । मेटलाइफको दिगोपन प्रतिवद्धतालाई प्रतिबिम्बित गर्दै पुनरुत्थान पहलले दीर्घकालीन रोजगारी, सामुदायिक सहयोग र वातावरणीय तालिम सञ्चालन गर्ने लक्ष्य पनि राखेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*