शेयर बजार ओरालो लाग्दा पनि ४७ लघुवित्तको शेयरमूल्य बढ्यो, कुनको कति ? (तथ्यांकसहित)

७ चैत्र २०८०, बुधबार १७:५४

काठमाडौं । शेयर बजार आज पनि ओरालो लागेको छ । केही दिन यता बजार बढ्यो कि नाफा बुक गर्नेहरु हावी भएको देखिन्छ । बिक्रेताको दबदबाब बढेपछि बजार ओरालो लागि रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३।३४ अकंले घटेर २०६३।९५ बिन्दुमा बन्द भएको छ । आज ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६९७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार रुपैयाँको कारोबार भएको छ ।

शेयर बजार झिनो अंकले घटेपनि माइक्रोफाइनान्स उपसूचक भने बढेको छ । आज सो उपसूचक २.५१ प्रतिशत अर्थात ९९.६९ अंकले बढेर ४०६३.९१ को विन्दुमा कायम भएको छ । माइक्रोफाइनान्स उपसूचक बढेसँगै बुधबार कारोबार भएका ५१ लघुवित्त कम्पनीहरुमध्ये ४७ कम्पनीको शेयरमूल्य बढेको अवस्थामा ४ कम्पनीको मात्र घटेको छ ।

बुधबार गुराँस लघुवित्तको शेयरमूल्य ९ दशमलव ९४ प्रतिशतले बढेर १५०७ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, धौलागिरी लघुवित्तको शेयरमूल्य ९.२८ प्रतिशतले बढेर १२८० रुपैयाँमा कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*