पिपुल्स हाइड्रोपावरले बोलायो चैत २० गते साधारण सभा, हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित मुख्य एजेण्डा 

८ चैत्र २०८०, बिहीबार १०:२९

काठमाडौँ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले चैत ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा क्यालिटि बैंकेट बुद्धनगर काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरकेो हो ।
सभाले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित मुख्य इजेण्डा बनाएको छ । साथै, सभा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थापक शेयरधनीहरुको तर्फबाट ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेण्डा समेत रहेको छ ।
त्यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत १५ गते बुकक्लोज गर्ने भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*