नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीबीच छुट सम्झौता

८ चैत्र २०८०, बिहीबार १०:३४

काठमाडौं । नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीबीच नेपाल एसबिआई बैंकका सम्पुर्ण डेबिट कार्ड बाहक बैंकका प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी उक्त ग्रुपका १० प्रतिशत आउटलेटमा विभिन्न सेवामा छूट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले खाद्य पदार्थ र पेय पदार्थमा १० प्रतिशत तथा आवासमा २० प्रतिशत छुट पाउनेछन् ।

उक्त सम्झौतामा बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार दे, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमूख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल, सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका प्रबंधक नृपेश श्रेष्ठ तथा बैंकका बरिष्ठ प्रतिनिधिको उपस्थितीमा सम्पन्न भएको बैंकले जानकारी दिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*