आरम्भ चौतारी लघुवित्तको साधारण सभा चैत ३० गते, शेयरधनीहरुको हात भने रित्तो

८ चैत्र २०८०, बिहीबार १०:३५

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त संस्था लिमिटेडले आठौं वार्षिक साधारण सभा चैत ३० गतेका लागि बोलाएको छ । कम्पनीको चैत ७ गते बसेको संचालक समितिको बैठकले सभा बनेपा पार्टी भेन्यू बनेपा ८, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीका शेयरधनीहरुको हात भने यस वर्ष रित्तो हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

सभामा आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले चैत २१ गते बुक क्लोज गर्ने भएकोे हुँदा चैत २० गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

1710994904831

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*