प्रभु महालक्ष्मी लाइफले साढे चार लाख कित्ता शेयर बिक्रीमा, क–कस्ले दिने आवेदन ? 

८ चैत्र २०८०, बिहीबार ११:०१

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ४ लाख ४८ हजार ७३० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले बिक्रीमा ल्याएको ४ लाख २६ हजार ७७० कित्ता सेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले सूचना प्रकाशित भएको मिति (चैत ८ गते) ले ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौँमा आवेदन दिन सकिनेछ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

यस्तै, २१ हजार ९६० कित्ता संस्थापक सेयरमा भने जो कोही व्यक्ति संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले सूचना प्रकाशित भएको मिति (चैत ८ गते) ले ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय केन्द्रीय कार्यालय कमलादी काठमाडौँमा आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*