बाजुरामा सन नेपाल लाइफको बीमा अभिकर्ता भेटघाट कार्यक्रम सम्पन्न

८ चैत्र २०८०, बिहीबार १२:१९

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा बीमा पुर्नताजकीय तथा बीमा अभिकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । ‘सबैका लागि सुरक्षा, शिक्षा र समृद्धि’ भन्ने मुल सन्देश लिएको कम्पनीको बाजुरा उप शाखाको आयोजनामा मार्तडीमा कार्यक्रम सम्पन्न भएको हो ।

कम्पनीले सुदुर पश्चिमका पहाडी विभिन्न जिल्लामा अभिकर्ता ताजकिय कार्यक्रम तथा अभिकर्ता भेटघाट कार्यक्रम सम्पन्न गर्दै आएको छ । सुदुर पश्चिमका पहाडी पाँच वटा जिल्लामा सो कार्यक्रम गर्ने कम्पनीका सुुदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मी कान्त जैशिले बताएका छन ।

कम्पनीका सुुदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मी कान्त जैशि र कम्पनीका डडेलधुरा शाखा प्रमुख मनिराम साउँदको आतिथ्यतामा र बाजुरा उपशाखा प्रमुख हेमन्त नाथको अध्यक्षतामा अभिकर्ता पुर्नताजकिय कार्यक्रम तथा अभिकर्ता भेटघाटसँगै सम्मान कार्यक्रम सम्पन्न भएको भएको बाजुरा उप शाखाका कार्यालय कर्मचारी मान बहादृुर ऐडीले बताएका छन ।

कम्पनीका सुदुर पश्चिम प्रदेश प्रमुखले निष्कृय अभिकर्तालाई सकृय बनाउने र ब्यतित भएका बीमालाइ पुर्नजागरण गर्ने यस भेटघाट कार्यक्रमको मुख्य लक्ष्य रहेको बताएका छन् । उनका अनुसार फजुल खर्च गर्नुभन्दा जीवन बीमा गर्न र सक्रिय रुपमा बीमा गराउन अभिकर्ताहरुलाई आग्रह गरेका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*