राष्ट्र बैंकले माग्यो संयोजक, तलब एक लाख २६ हजार रुपैयाँ

८ चैत्र २०८०, बिहीबार १२:४०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले संयोजक पदका लागि दोस्रो पटक कर्मचारी माग गरेको छ । केन्द्रिय बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स व्यवस्थापन तथा सञ्चालनका लागि संयोजक लागि जारी गरेको सूचनामा आवेदन नपरेपछि दोस्रो पटक सूचना निकालेको हो ।

उक्त पदमा दरखास्त दिनेले व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्तानकोत्तर गरी बैंकिङ क्षेत्रमा कम्तीमा एक दशकको अनुभव भएको हुनुपर्ने छ ।

सेवाअवधि एक वर्षको हुने जनाएको छ । कार्य प्रगतिका आधारमा ६।४ महिनाका लागि दुईपटकसम्म नवीकरण गर्न सकिनेछ । जसमा चैत ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त पदका लागि तलब मासिक एक लाख २६ हजार ३०० (करसहित) हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*