पेमेन्ट गेटवेका रुपमा एफवान सफ्टको चरम लापरवाही, प्रधानमन्त्री प्रचण्डकै खाता तेस्रो व्यक्तिको पहुँच !

८ चैत्र २०८०, बिहीबार १४:४१

काठमाडौं । पेमेन्ट गेटवेको रुपमा कारोबार गर्दै आएको एफवान सफ्टको गम्भिर लापरवाहीका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै खातामा सर्वसाधारणको सहज पहुँच रहेको तथ्य बीमापोष्टले फेला पारेको छ ।

एफवान सफ्टले राजनीतिक पहुँच, पैसा र पावरको दुरुपयोग गर्दै नेपालमा अत्याधिक महंगो दररेट लगाएर डिजिटल कारोबारमा एकाधिकार कायम गरी सर्वसाधारणलाई महंगो मूल्य बैंकहरुका बीचमा पेमेन्ट गेटवेको रुपमा प्रयोग हुँदै आएको छ । तर, सोही एफवान सफ्टको कमजोर सुरक्षा अवस्था र सेवाका कारण अन्य सामान्य मानिस मात्रै नभएर प्रधानमन्त्री प्रचण्डकै खातामा अनाधिकृत व्यक्तिले पहुँच स्थापित गर्न सकिने देखिएको छ ।

बार्षिक करोडौं रुपैयाँ डिजिटल कारोबारबाट आम्दानी गर्दै आएको एफवान सफ्टले कमजोर सुरक्षा व्यवस्थाका बीचमा नेशनल पेमेन्ट गेटवेको रुपमा कारोबार सञ्चालन गर्दै आइरहेको छ । यही कमजोर नेशनल पेमेन्ट सिष्टमलाई अब भारतीय भुक्तानी प्रदायकसँग जोडेर क्रस बोर्डर ट्रान्जेक्सन खुल्ला गर्ने तयारी गरिरहेको छ । तर, अब प्रश्न उठेको छ, नेपालभित्रैबाट प्रधानमन्त्रीकै खातामा जोगाउन नसक्ने एफवान सफ्टबाट क्रस बोर्डर ट्रान्जेक्सन कति सुरक्षित छ ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*