ग्लोबल मनी विकमा सन लाइफको बीमा साक्षरता कार्यक्रम सम्पन्न

बिद्यार्थीको विशेष उपस्थितीमा बीमा साक्षरता सम्बन्धि ज्ञान प्रदान
८ चैत्र २०८०, बिहीबार १७:४२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी सनलाइफ क्यापिटलले विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले चैत ७ र ८ गते क्रमश श्री चण्डी आदर्श सरल माध्यमिक विद्यालय ,चाकुपाट, ललितपुर र श्री मल्पि इन्टरनेस्नल कलेज,चक्रपथ, काठमाण्डौमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीले बुधबार श्री चण्डी आदर्श सरल माध्यमिक विद्यालय ,चाकुपाट, ललितपुरमा आयोजना गरिएको कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई वित्तिय बजार, धितोपत्र बजार सम्बन्धी जानकारी गराउनुको साथै लगानी गर्दा ध्यानदिनुपर्ने कुराहरु, इन्टरनेट लगायत अन्य सामाजिक संजालको प्रयोग गर्दा अपनाउनुपर्ने सतर्कताबारे विस्तृत जानकारी गराएको कम्पनीले जनाएको छ । साथै सहभागि विद्यार्थीहरुको वित्तीय बजार र धितोपत्र बजार सम्बन्धि सम्पूर्ण जिज्ञाशाहरु स्पष्ट गरेको कम्पनीले जानकारी दिए ।

कम्पनीले बिहीबार श्री मल्पि इन्टरनेस्नल कलेज,चक्रपथ, काठमाण्डौका विद्यार्थीहरुलाई बीमा क्षेत्र सम्बन्धि साक्षरता अभिवृद्धि गर्ने साक्षरता कार्यक्रम र वित्तीय बजार, धितोपत्र बजारमा केन्दीत हाजिरी जवाफ प्रतियोगिता आयोजना हो । उक्त कार्यक्रममा विद्यार्थिहरुको बाक्लो उपस्थिती रहेको विद्यालयले जनाएको छ ।

सनलाइफ क्यापिटल लिमिटेड धितोपत्रबोर्डबाट स्विकृतप्राप्त मर्चेन्ट बैंकर हो जसले मर्चेन्ट बैंकिङ्ग व्यवशाय अन्र्तगत लगानी व्यवस्थापन र धितोपत्र प्रत्याभूति सेवा प्रदान गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*