बैंक तथा वित्तीय संस्थामा महिला सहित दुई स्वतन्त्र सञ्चालक अनिवार्य

८ चैत्र २०८०, बिहीबार १८:५९

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कम्तीमा दुई जना स्वतन्त्र सञ्चालक नियुक्त गर्नुपर्ने प्रस्ताव गरिएको छ । बिहीबार अर्थमन्त्री वर्षमान पुनले संसदमा पेस गरेको ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन’ ९बाफिया० संशोधन गर्न बनेको विधेयकमा उक्त प्रस्ताव गरिएको हो ।

हाल ऐनको दफा १७ अनुसार योग्यता भएको व्यक्ति मध्येबाट कम्तीमा एक जना स्वतन्त्र सञ्चालक नियुक्त गरी त्यसको जानकारी त्यस्तो नियुक्तिपछि बस्ने पहिलो साधारणसभामा दिनुपर्ने व्यवस्था थियो । त्यसलाई संशोधन गर्दै कम्तीमा एक महिला सहित दुई जना स्वतन्त्र सञ्चालक अनिवार्य नियुक्त गर्नुपर्ने गरी काफियामा संशोधन प्रस्ताव गरिएको छ ।

बैंक वा वित्तीय संस्थाको संस्थापक, सञ्चालक वा ०।१ प्रतिशतभन्दा बढी सेयर लिएको सेयरधनी तथा निजको परिवार स्वतन्त्र सञ्चालक हुन नपाउने व्यवस्था यथावत् छ ।यस्तै महिला सेयरधनी रहेको बैंकमा सञ्चालक नियुक्त गर्दा एक महिला सञ्चालक हुने गरी नियुक्त गर्नुपर्ने प्रस्ताव संशोधन विधेयकमा छ ।

यस्तै अन्य बैंक तथा वित्तीय संस्थामा सञ्चालक रहेको व्यक्ति पनि पूर्वाधार बैंकमा सञ्चालक हुन पाउने व्यवस्था हटाउने प्रस्ताव बाफिया संशोधनमा छ ।

यस्तै सञ्चालक आफ्नो कार्यकाल पूरा भए पनि अर्को एक अवधिका लागि मात्रै पुनः नियुक्त हुने व्यवस्था बाफियामा गर्न प्रस्ताव गरिएको छ ।

२०७३ मा बाफिया आउँदा ऐन प्रारम्भिक भए पनि लगातार दुई कार्यकाल मात्रै भनेकोमा अब भने कार्यकाल पूरा भएपछि पुनः एकपटक मात्रै सञ्चालक हुन पाउने व्यवस्था गर्न लागिएको हो । अहिले मर्जरमा जाने बैंक सञ्चालक र प्रमुख कार्यकारी अधिकृत ९ सीईओ० लाई दुई कार्याकालको व्यवस्थामा छुट दिइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*