शिखर इन्स्योरेन्स सहित तीन कम्पनीको साधारण सभा आज, शेयरधनीलाई छैन लाभांश

९ चैत्र २०८०, शुक्रबार ०७:२०

काठमाडौं । आज (चैत्र ९ गते) तीन कम्पनीको साधारण सभा बस्दैछ । यस दिन शिखर इन्स्योरेन्स, किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको साधारण सभा बस्ने भएको हो । यी तिन वटै कम्पनीले सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव समावेश गरेका छैनन् ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औं वार्षिक साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय, शिखर बिज सेन्टर, थापाथली काठमाडौंमा विहान ११ बजेदेखि सुरु हुँदैछ । सभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षणसहितको वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

साथै, संस्थापक समूह ‘क’ का शेयरधनीबाट तीन जना र सर्वसाधारण समूह ‘ख’ बाट एक जना संचालकको निर्वाचन गर्ने र कम्पनीबाट गरिएको चन्दा तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरु अनुमोदन गर्ने एजेण्डा रहेका छन् ।सभा प्रयाजनार्थ कम्पनीले फागुन २७ गते देखि बुक क्लोज गरिसकेको छ । जस अनुसार फागुन २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

किसान लघुवित्त वित्तीय संस्था लिमिटेडजाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज हुने प्रस्ताव पारित गर्न एकैसाथ सभा बोलाएका हुन् ।

किसान लघुवित्तको पाँचौ वार्षिक साधारण सभा ताज प्यालेस, स्पेशियल चोक, गल्फुटार, काठमाडौँमा बिहान ११ बजे र जाल्पा लघुवित्तको पाँचौ वार्षिक साधारण सभा द एसआर होटल, तिलोत्तमा नगरपालिका १ ड्राइभरटोल, रुपन्देहीमा बिहान ९ बजेदेखि सुरु हुनेछ।

यी दुबैको सभाले एक आपसमा १ बराबर ०.८८३४ शेयर स्वाप अनुपातमा मर्ज हुने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, भविष्यमा अन्य कुनै उपयुक्त लघुवित्तलाई मर्जर वा एक्विजिसन गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने छ ।

साथै, सञ्चालक समितिमा भएको मनोनयनलाई अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने तथा गत आर्थिक वर्षको नाफा नोक्सान हिसाव नगद प्रवाह लयागतका वित्तीय विवरण पारित गर्ने एजेण्डा रहेका छन् । सभा प्रयोजनार्थ जाल्पा सामुदायिक लघुवित्तले फागुन २४ गते र किसान लघुवित्तले चैत्र १ गते बुक क्लोज गरिसकेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*