डिमर्ज प्रक्रियामा रहेको मानुषी लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

९ चैत्र २०८०, शुक्रबार ०८:१२

काठमाडौं । श्रृशनशील लघुवित्तसँग डिमर्जको प्रक्रियामा रहेको मानुषी लघुवित्त वित्तीय संस्थाले आफ्नो पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । सभा चैत्र ३० गते शुक्रबार, होटल उग्रचण्डी, बनेपा नगरपालिका वडा नम्बर ७, काभ्रेपलाञ्चोकमा विहान साढे १० बजेदेखि सुरु हुनेछ । कम्पनीको चैत्र ८ गते बसको संचालक समितिको बैठकले यो निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षको प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्नेछ । साथै, प्रबन्धपत्र र नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेण्डा पनि रहेको छ ।

सभा प्रयोजनार्थ कम्पनीले चैत्र १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार चैत्र १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा उपस्थित हुन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*