सानिमा रिलायन्स लाइफको प्रभातफेरी तथा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न

९ चैत्र २०८०, शुक्रबार १२:४४

काठमाडौं । सानिमा रिलायन्स लाइफले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको प्रभातफेरी तथा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कम्पनीको केन्द्रिय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कम्पनीले आयोजना गरेको प्रभातफेरी कार्यक्रम र रक्तदान कार्यक्रममा सिईओ शिवनाथ पाण्डे, डिसीईओ राकेश पोखरेल, ब्रान्डिङ हेड महेश्वर थापा बस्नेत लगायतका कर्मचारीको बाक्लो उपस्थिती रहेको थियो । कम्पनीका कर्मचारी लगायतका स्थानीयहरुले समेत रक्तदान तथा प्रभातफेरी कार्यक्रममा सहभागिता जनाएर भव्यताका साथ सम्पन्न गरेका थिए ।

दुई कम्पनीबीच मर्जर सम्बन्धी सम्पुर्ण प्रकृया सम्पन्न भएर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट आजबाट एकिकृत कारोबार भएको दिनलाई नै आधार मानेर प्रथम बाािर्षकोत्सव विविध कार्यक्रमका साथ भव्यताका साथ मनाउन लागेको कम्पनीका सिईओ शिवनाथ पाण्डेले बताएका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*